NIMB Header 2
Nepal Life

तीन महिना थन्क्याएर एनएसीको जहाजमा भाडाको इन्जिन

National Life
  • BFIS News
  • 2023 Sep 21 13:35
तीन महिना थन्क्याएर एनएसीको जहाजमा भाडाको इन्जिन
Sanima Reliance

काठमाडौं। तीन महिना ग्राउण्डेड भएको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाजमा भाडाको इन्जिन जडान गरिएको छ। इजरायलमा इन्जिन जडान गरेपछि शुक्रबारदेखि नियमित उडान हुनेछ।

Shikhar
NIMB

शुक्रबार यात्रुसहित दुबई-काठमाडौं उडान हुने निगमले जनाएको छ। ‘तालिका अनुसार जहाज भोलि आइपुग्ने हो। भाडाको इन्जिन हालिसकेको छ। पावर रन अप गर्न बाँकी छ,’ निगमका एक कर्मचारीले भने,’इजरायलको स्थानीय समय अनुसार राती १०:०० बजे उडान हुनेछ।’

तीन महिना थन्क्याएर जहाजको लिज र मर्मतसंभारको जिम्मा इजरायल एरोस्पेश इन्डस्ट्रीलाई दिइएको थियो। ठेक्का पाएको करिब तीन सातापछि कम्पनीले निगमको जहाज मर्मत संभार प्रक्रिया अगाडि बढाएको हो।

निगमले तीन महिनासम्म आलटाल गरेर इन्जिन भाडामा लिन निगम व्यवस्थापनले दाउपेच गर्दै आएको थियो। निगमले जहाजको इन्जिन मर्मतका लागि कम्तीमा पनि तीन महीना समय लाग्ने जनाएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया