NIMB Header 2
Nepal Life

एभरेष्ट बैंकका सिइओ सुदेश खालिङको कार्यकाल थप, असोज ६ गतेदेखि अर्को चार वर्ष बैंकको नेतृत्व सम्हाल्ने

National Life
  • BFIS News
  • 2025 Sep 07 17:57
एभरेष्ट बैंकका सिइओ सुदेश खालिङको कार्यकाल थप, असोज ६ गतेदेखि अर्को चार वर्ष बैंकको नेतृत्व सम्हाल्ने
Sanima Reliance

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङको कार्यकाल थप गरेको छ। असोज ६ गतेदेखि लागू हुने गरी खालिङले आगामी चार वर्षका लागि पुनः बैंकको नेतृत्व सम्हाल्नेछन्।

Shikhar
NIMB

खालिङ एभरेष्ट बैंकका पहिलो नेपाली सीईओ हुन्। भारतीय पञ्जाब नेशनल बैंकको संयुक्त लगानीमा सञ्चालित एभरेष्ट बैंकमा यसअघि भारतीय नागरिकहरु सीईओ नियुक्त हुने परम्परा रहेको थियो। खालिङको पहिलो कार्यकाल सफल एवं प्रभावशाली रहेको भन्दै बैंकले उनलाई निरन्तरता दिने निर्णय गरेको हो।

सुदेश खालिङले इतिहास मात्र रचेका छैनन्, उनी बैंकको सञ्चालक समितिबाट कार्यकारी पदमा पुग्ने दुर्लभ व्यक्तिमा समेत पर्छन्। सामान्यतः बैंकिङ क्षेत्रका कर्मचारीहरु दीर्घ सेवा पश्चात् सञ्चालक समितिमा पुग्ने चलन छ। तर खालिङले भने त्यसको विपरीत, सञ्चालक समितिबाट सिधै कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेका हुन्।

लक्ष्मी बैंकमा प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यकाल सकिएपछि खालिङले आफ्नै व्यवसाय गर्ने सोच बनाएका थिए। तर सिटिजन्स बैंक इन्टरनेसनलले उनलाई सञ्चालक समितिमा चयन गर्‍यो। सोही बेला खालिङ एभरेष्ट बैंकमा नयाँ इतिहास रच्दै सीईओको रूपमा नियुक्त भएका थिए।

बैंकिङ क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव बोकेका खालिङ लक्ष्मी बैंक पुग्नु अगाडि स्टान्डर्ड चार्टर्ड बैंकमा कार्यरत थिए। खालिङको दीर्घ अनुभव, नेतृत्व क्षमता र प्रभावशाली कार्यशैलीका कारण एभरेष्ट बैंकले उनीमाथि पुनः विश्वास प्रकट गरेको हो। अब खालिङको नयाँ कार्यकालसँगै एभरेष्ट बैंकले अझ मजबुत र दिगो प्रगतिको दिशामा पाइला चाल्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया