NIMB Header 2
Prabhu Mahalaxmi

पौष मसान्तसम्म बक्यौता तिरे दूरसञ्चार सेवा शुल्कको जरिवाना माफी हुने

United Ajod
  • BFIS News
  • 2026 Aug 05 12:58
पौष मसान्तसम्म बक्यौता तिरे दूरसञ्चार सेवा शुल्कको जरिवाना माफी हुने
IME LIFE

काठमाडौं। नेपाल टेलिकमले आर्थिक वर्ष २०८०/८१ सम्मको दूरसञ्चार सेवा शुल्कको बक्यौता चालु आर्थिक वर्षको पौष मसान्तभित्र भुक्तानी गर्ने ग्राहकलाई जरिवाना छुट दिने व्यवस्था लागू गरेको छ।

Nepal Life
NIMB

कम्पनीले तोकिएको समयभित्र बक्यौता रकम बुझाएमा त्यसमा लाग्ने सम्पूर्ण जरिवाना माफ गरिने जनाएको छ।

बुधबार सार्वजनिक सूचनाअनुसार आर्थिक वर्ष २०८०/८१ सम्म बाँकी रहेको दूरसञ्चार सेवा शुल्क २०८३ साल पौष मसान्तभित्र भुक्तानी गर्ने ग्राहकले जरिवाना छुटको सुविधा प्राप्त गर्नेछन्। यसका लागि सम्बन्धित ग्राहकलाई नजिकको नेपाल टेलिकमको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्न कम्पनीले आग्रह गरेको छ।

टेलिकमले निर्धारित अवधिभित्र बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकविरुद्ध भने कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट गरेको छ। त्यस्ता ग्राहकको नामावली कम्पनीको वेबसाइट तथा राष्ट्रिय दैनिक पत्रपत्रिकामार्फत सार्वजनिक गरिने र प्रचलित कानुनबमोजिम बक्यौता असुली प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ।

कम्पनीले सबै बक्यौता भएका ग्राहकलाई तोकिएको समयसीमाभित्र रकम भुक्तानी गरी जरिवाना छुटको सुविधाको लाभ लिन आग्रह गरेको छ।

शेयर गर्नुहोस

Nepal Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया