United Ajod

संसद् भवन घेरेर जेनजीको सडक प्रदर्शन

Everest Bank
  • BFIS News
  • 2025 Sep Mon 12:30
संसद् भवन घेरेर जेनजीको सडक प्रदर्शन

काठमाडौं।  सामाजिक सञ्जालमा प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध नयाँ पुस्ताका युवा समूह ‘जेनजी’ सडकमा प्रदर्शनमा उत्रिएका छन्।

प्रदर्शनकारीहरूले माइतीघरमा भेला भई सरकारविरुद्ध नाराबाजी गर्दै नयाँबानेश्वरतर्फ अघि बढेका थिए। प्रहरीले निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रदर्शनकारीमाथि पानीको फोहरा र अश्रुग्याँस प्रहार गरेको थियो।

तर प्रदर्शनकारीहरूले प्रहरीको घेरा तोड्दै संसद् भवनसम्म पुगेर प्रदर्शन जारी राखेका छन्। समाचार अनुसार उनीहरूले भवनभित्र बोतलसमेत प्रहार गरेका छन्।

प्रहरी र प्रदर्शनकारीबीचको अवस्था अहिले तनावपूर्ण रहेको छ र सुरक्षा निकायहरूले स्थिति नियन्त्रणमा राख्न प्रयास गरिरहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया