NIMB Header 2
Nepal Life

सिटिजन बैंकले असोज १७ गतेदेखि तीन अर्बको ऋणपत्र जारी गर्दै

Muktinath Bank
  • BFIS News
  • 2023 Sep 25 11:42
सिटिजन बैंकले असोज १७ गतेदेखि तीन अर्बको ऋणपत्र जारी गर्दै
Everest Bank

काठमाडौं । सिटिजन्स बैंकले ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले असोज १७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको हो । कम्पनीले १० वर्ष अवधिको वार्षिक १० प्रतिशत ब्याजदरमा ‘१० प्रतिशत सिटिजन्स बैंक डिबेन्चर २०९०’ निष्काशन गर्न लागेको हो ।

 

Shikhar
NIMB

 

कम्पनीले १००० रुपैयाँ अंकित दरका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिन लागेको हो । सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । जसमा असोज २१ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा माग बमोजिमको आवेदन नपरेको खण्डमा कात्तिक १ गतेसम्म आवेदन दिन सकिनेछ ।

बैंकको बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लिरिङ्ग लिमिटेडबाट निर्माण गरिएको मेरो सेयर अनलाइन प्रयोग गरी सि आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा इक्रा नेपालले बैंकलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्लस प्रदान गरेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया