NIMB Header 2
Nepal Life

अपि पावरको नविकेको हकप्रद असोज १७ गतेदेखि बोलकबोलबाट बिक्री गर्ने, न्यूनतम मूल्य कति ?

National Life
  • BFIS News
  • 2023 Sep 27 09:59
अपि पावरको नविकेको हकप्रद असोज १७ गतेदेखि बोलकबोलबाट बिक्री गर्ने, न्यूनतम मूल्य कति ?
Sanima Reliance

काठमाडौं। अपी पावर कम्पनीले नविकेको १२ लाख कित्ता हकप्रद सेयर यहि असोज १७ गतेदेखि बोलकबोल मार्फत बिक्री गर्ने भएको छ । 

Shikhar
NIMB

कम्पनीको सर्वसाधारण समूहको ११ लाख ९४ हजार ९३४ कित्ता अवितरित हकप्रद सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिने भएको हो। यो सेयरमा जोकोही व्यक्ति, कम्पनी र संघसंस्थाले खरिद आवेदन दिन सक्नेछन्। 

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन्। अधिकतम सेयर संख्यामा भने कुनै हद नलाग्ने कम्पनीले जनाएको छ। 

बोलपत्र धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको काठमाण्डौको नक्सालस्थित प्रधान कार्यालयमा तथा मुक्तिनाथ विकास बैंकका शाखाहरु ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा (पोखरा), बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति असोज २४ गतेसम्म तोकिएको छ। 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया