NIMB Header 2
Nepal Life

जेन–जी आन्दोलनका क्रममा करिब २ अर्ब ७९ करोड ७४ लाख बीमा दाबी भुक्तानी

Muktinath Bank
  • BFIS News
  • 2025 Oct 30 16:30
जेन–जी आन्दोलनका क्रममा करिब २ अर्ब ७९ करोड ७४ लाख बीमा दाबी भुक्तानी
National Life

काठमाडौं। हालैको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कारण निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल बीमा दाबी करिब रू. २३ अर्ब २३ करोड ३७ लाखमध्ये हालसम्म अग्रिम भुक्तानी (पेश्की) समेत गरी करिब रू. २ अर्ब ७९ करोड ७४ लाख बीमितहरूलाई भुक्तानी गरिएको छ।

NIMB

नेपाल बीमा प्राधिकरणमा निर्जीवन बीमा कम्पनीहरूले पठाएको पछिल्लो विवरण अनुसार, अग्रिम भुक्तानी समेत गरी गरिएको दाबी भुक्तानीमध्ये सम्पत्ति बीमा तर्फ ६७३ वटा दाबीको करिब रू. १९ अर्ब १ करोड ९४ लाखमध्ये करिब रू. २ अर्ब २७ करोड ११ लाख भुक्तानी भएको छ।

त्यसैगरी, मोटर बीमा तर्फका २ हजार २७० दाबीमध्ये करिब रू. ३ अर्ब ४४ करोड २६ लाख दाबी रकममध्ये करिब रू. ४७ करोड ७७ लाख भुक्तानी भएको छ।

इञ्जिनीयरिङ तथा ठेक्का जोखिम बीमा तर्फका १९२ दाबीको करिब रू. ३६ करोड ७९ लाख दाबी रकममध्ये करिब रू. ४ करोड ६२ लाख भुक्तानी भएको छ भने अन्य बीमा तर्फका ४० दाबीको करिब रू. ३८ करोड ७२ लाख दाबी रकममध्ये करिब रू. २२ लाख अग्रिम भुक्तानीसहित भुक्तानी भएको छ। परिवहन बीमा तर्फ १२ दाबीको दाबी रकम करिब रू. १ करोड ६६ लाख रहेको छ।

प्रदेशगत विवरणअनुसार, कोशी प्रदेशमा ३९२ दाबीको करिब रू. २ अर्ब ३२ करोड ४६ लाखमध्ये करिब रू. ३१ करोड ८४ लाख भुक्तानी, मधेश प्रदेशमा ३६७ दाबीको करिब रू. ७० करोड ४ लाखमध्ये करिब रू. ४ करोड ७१ लाख भुक्तानी, बागमती प्रदेशमा १,७२३ दाबीको करिब रू. १७ अर्ब ६१ करोड ६२ लाखमध्ये करिब रू. २ अर्ब १५ करोड ५९ लाख भुक्तानी भएको छ।

त्यसैगरी, गण्डकी प्रदेशमा २१६ दाबीको करिब रू. १ अर्ब ६९ करोड २३ लाखमध्ये करिब रू. १५ करोड १८ लाख, लुम्बिनी प्रदेशमा २५७ दाबीको करिब रू. ४७ करोड ४४ लाखमध्ये करिब रू. ८ करोड ७८ लाख, कर्णाली प्रदेशमा २८ दाबीको करिब रू. ९ करोड ९९ लाखमध्ये करिब रू. ९० लाख, र सुदूरपश्चिम प्रदेशमा २०४ दाबीको करिब रू. ३२ करोड ६० लाखमध्ये करिब रू. २ करोड ७२ लाख अग्रिम भुक्तानीसहित भुक्तानी भएको तथ्यांक निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त भएको छ।

जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको कारण १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३,१८७ दाबीको दाबी रकम करिब रू. २३ अर्ब २३ करोड ३७ लाख पुगेको अद्यावधिक विवरण प्राप्त भएको छ।

यसैबीच, बीमा दाबी भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले निर्जीवन बीमा कम्पनीहरूलाई करिब रू. १ अर्ब ९९ करोड २२ लाख अग्रिम भुक्तानी (पेश्की) उपलब्ध गराएको छ। नेपाल पुनर्बीमा कम्पनीमा परेका २,८६८ पुनर्बीमा दाबीको करिब रू. १६ अर्ब ५ करोड १३ लाख पुनर्बीमा दाबी रकम रहेको छ।

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया