Nepal Life

प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम सम्पन्न

NMB Bank
  • BFIS News
  • 2025 Nov 02 13:36
प्रभु महालक्ष्मी लाइफका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम सम्पन्न
National Life

काठमाडौं। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता लिडरहरुको एडुटेडमेन्ट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा कार्तिक १३, १४ र १५ गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक एवं क्षमता अभिबृद्धि तालिम कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो । 

Shikhar
NIMB

प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले समय समयमा आयोजना गर्ने स्तरिय तालिमहरुले अभिकर्ता लिडरहरुको क्षमता अभिबृद्धिमा उल्लेख्य योगदान गर्ने र राष्ट्रिय, अन्तराष्ट्रियस्तरमा अभिकर्ताहरुको पहिचान बनाउनमा महत्वपूर्ण सावित हुने बताए ।

साथै उनले राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको उपस्थितिमा भएका मनोरञ्जनात्मक साँझले अभिकर्ता लिडरहरुलाई रिफ्रेसमेन्ट प्रदान गर्ने विश्वास व्यक्त गरे । 

कम्पनीमा आवद्ध २ सय जना भन्दा बढि अभिकर्ता लिडरहरुको उपस्थिति रहेको कार्यक्रममा बीमा विक्री कलाको क्षमता अभिबृद्धि तालिम, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो ।

द आर्ट अफ सेलिङ उपमाले परिचित अन्तराष्ट्रिय स्तरका ट्रेनर अरनिको सिंहको बीमा विक्री कलाको क्षमता अभिबृद्धि तालिमले अभिकर्ता लिडरहरुमा उत्साह जगाएको थियो ।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार लोकप्रीय गायक प्रमोद खरेल एवं परम्परा ब्याण्डको लाइभ सांगीतिक प्रस्तुतीले कार्यक्रमको रौनक थपिएको थियो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया