Nepal Life

नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग

NMB Bank
  • BFIS News
  • 2025 Nov 04 21:16
नेशनल लाइफ इन्स्योरेन्सद्वारा भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड सहयोग
National Life

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले देशभर गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनका क्रममा सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतका लागि रु. १ करोड रकम सहयोग गरेको हो ।

Shikhar
NIMB

उक्त सहयोग रकम बराबरको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र नायब महाप्रबन्धक प्रज्वल सायमीले आज आयोजित विशेष कार्यक्रममा अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका छन् ।

कम्पनीले उक्त सहयोग आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले कार्यक्रममा बोल्दै कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन तथा वातावरण संरक्षणजस्ता क्षेत्रमा निरन्तर आर्थिक सहयोग प्रदान गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

कम्पनीले नियामक निकायबाट जारी निर्देशन अनुसार हरेक आर्थिक वर्षको खुद मुनाफाको एक प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्याउने परिपाटी अवलम्बन गर्दै आएको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको यस योगदानले भौतिक पूर्वाधार पुनर्निर्माणमा सहयोग पुर्‍याउने साथै सामाजिक उत्तरदायित्वप्रति निजी क्षेत्रको सक्रिय सहभागिताको उदाहरण प्रस्तुत गरेको बताइएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया