Nepal Life

एमाले महाधिवेशनमा केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनु पर्ने माग

NMB Bank
  • BFIS News
  • 2025 Nov 15 20:40
एमाले महाधिवेशनमा केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष बनाउनु पर्ने माग
United Ajod

काठमाडौं, कात्तिक २८ गते।  आगामी महाधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पुनः सर्वसम्मत रूपमा पार्टी अध्यक्ष बनाइनुपर्ने माग प्रेस चौतारी नेपालले गरेको छ। श्रमजिवी पत्रकारहरूको संगठनका रूपमा रहेको प्रेस चौतारीले देशका चुनौती समाधान गर्दै राष्ट्रिय स्थिरता र आर्थिक पुनरुत्थानका लागि ओलीकै नेतृत्व अपरिहार्य रहेको निष्कर्ष निकालेको छ। 

Shikhar
Nepal Life
NIMB

यही कात्तिक २८ गते बसेको चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा अध्यक्ष गणेश पाण्डेले समसामयिक राजनीतिक परिस्थितिमा ओलीको सक्षम नेतृत्व नै राष्ट्रिय आवश्यकता भएको उल्लेख गर्नुभयो। उहाँले एमालेलाई एकताबद्ध गर्ने र राष्ट्रिय राजनीतिलाई स्थिरतामा लैजान सक्ने क्षमता ओलीमै रहेको दाबी गर्नुभयो।
“अहिले पार्टीभित्र विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ,” पाण्डेले भन्नुभयो।

पाण्डेले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण तथा राष्ट्रिय राजनीति स्थिरताको महत्वपूर्ण मोडका रूपमा लिँदै सबै संरचनालाई आन्तरिक एकता र अनुशासनसहित अघि बढ्न सुझाव दिनुभयो। साथै, भदौ २३ र २४ गतेको आन्दोलनलाई उहाँले प्रतिक्रान्ति भएको दाबी गर्दै त्यसले मुलुकलाई अस्थिरतामा लैजान खोजिएको टिप्पणी गर्नुभयो।

बैठकमा चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेतले पनि ओलीको नेतृत्वमा एमाले अघि बढाउने विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो। जनताले विश्वासका साथ दिएको राजनीतिक समर्थनकै कारण विभिन्न कोणबाट ओली र एमालेलाई आक्रमण गरिने गरेको उहाँको टिप्पणी थियो।

त्यसैगरी चौतारीका महासचिव हिरामान लामाले संगठनभित्र बसेर अनुशासनपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार अनुशासनहीन व्यवहारले संगठनलाई कमजोर पार्ने भएकाले स्पष्ट जिम्मेवारी, आचरण र अनुशासनका साथ अघि बढ्न सबै सदस्यलाई आग्रह गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया