Nepal Life

नरैनापुरमा एकै विद्यालयमा तीन–तीन प्रधानाध्यापक दाबी, पठनपाठन अवरुद्धपछि विवाद समाधान

NMB Bank
  • BFIS News
  • 2025 Nov 15 20:51
नरैनापुरमा एकै विद्यालयमा तीन–तीन प्रधानाध्यापक दाबी, पठनपाठन अवरुद्धपछि विवाद समाधान
United Ajod

नेपालगन्ज, कात्तिक २९ गते। बाँकेको दुर्गम मानिने नरैनापुर गाउँपालिका–६ मा रहेको एक सरकारी विद्यालयमा तीन शिक्षकले आफूलाई प्रधानाध्यापक घोषित गर्दै आइरहेको विवाद अन्ततः गाउँपालिकाले समाधान गरेको छ। विवादका कारण विद्यालयको पठनपाठन लामो समयदेखि अवरुद्ध भइरहेकाे जनाइएको छ।

Shikhar
Nepal Life
NIMB

गाउँपालिकाका अनुसार जमुनी माध्यमिक विद्यालयमा विगत केही महिनादेखि तीन शिक्षक अम्बरलाल यादव, अफसर अली मुकेरी र सन्देश शर्माले आफूलाई प्रधानाध्यापकको पदाधिकारी दाबी गर्दै काम गर्ने प्रयास गरेका थिए। यसक्रममा विद्यालयमा दैनिकजसो विवाद, कागजपत्र कब्जा गर्ने प्रयास र पठनपाठन पूर्ण रूपमा रोकिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिनुभयो।

गाउँपालिकामा उजुरी पुगेपछि अध्ययन तथा अनुसन्धान गर्दै तत्काल लागु हुने गरी अम्बरलाल यादवलाई प्रधानाध्यापकमा औपचारिक रूपमा नियुक्त गरिएको ओलीले बताए। निर्णयअनुसार अफसर अली मुकेरीको काज फिर्ता गरिएको छ भने सन्देश शर्मालाई सोही विद्यालयमै शिक्षण कार्य जारी राख्न निर्देशन दिइएको छ।

स्थानीय अभिभावक हरिहर यादवका अनुसार, तीनै जनाले प्रधानाध्यापकको दाबी गर्दा विद्यालयमा कुर्सी र रजिस्टरसम्म तानातान हुने अवस्था थियो। विवाद चर्किएपछि धेरै बालबालिकाले विद्यालय जान छाडेको पनि उनले बताए।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले स्थानीय सरकार गठन हुनुभन्दा पहिले धेरै विद्यालयहरूको अवस्था अत्यन्तै कमजोर रहेको स्मरण गर्दै, विगत आठ वर्षमा उल्लेख्य सुधार भए पनि जमुनी माध्यमिक विद्यालयमा देखिएको यस्तो विवाद चिन्ताजनक रहेको बताए। उनले भविष्यमा यस्ता अवस्था नदोहोरिन आवश्यक कडाइ गर्ने आश्वासन दिए।

स्थानीय अभिभावकहरूले विद्यालयमा अब पठनपाठन नियमित रूपमा चल्ने आशा व्यक्त गर्दै बालबालिकाको भविष्य सुरक्षित राख्न सबै पक्षलाई गम्भीर हुन आग्रह गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया