Nepal Life

मकवानपुरमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

NMB Bank
  • BFIS News
  • 2025 Nov 16 13:26
मकवानपुरमा मोटरसाइकल दुर्घटना,  दुई जनाको मृत्यु
United Ajod

हेटौँडा, कात्तिक ३० गते। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानामा पर्ने बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना भएको हो।

Shikhar
Nepal Life
NIMB

बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल झण्डै ४०/५० मिटर तल बुङ्दल खोलामा खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराले जानकारी दिए। उनका अनुसार घटनास्थलमै दुबै जनाको मृत्यु भएको हो भने मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।

उहाँका अनुसार दुर्घटना शनिबार राति भएको अनुमान गरिएको छ। आइतबार बिहान स्थानीयवासीले मोटरसाइकल खोलामा देखेपछि प्रहरीले दुर्घटनाको सूचना पाएको थियो। घटनास्थलमा प्रहरी टोली पुगेर विस्तृत घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया