Nepal Life

“पाकिस्तानमा अध्ययन गरेका नेपाली पूर्व विद्यार्थीको भेला, दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने प्रयास”

NMB Bank
  • BFIS News
  • 2025 Nov 16 14:47
“पाकिस्तानमा अध्ययन गरेका नेपाली पूर्व विद्यार्थीको भेला, दुई देशबीचको सम्बन्ध सुदृढ बनाउने प्रयास”
United Ajod

काठमाडौँ, कात्तिक २९ – नेपालस्थित पाकिस्तान दूतावासले पाकिस्तानमा अध्ययन गरेर नेपाल फर्केका नेपाली अध्येताहरूको भेला आयोजना गरेको छ।

Shikhar
Nepal Life
NIMB

दूतावासले जारी गरेको विज्ञप्तिअनुसार, यस कार्यक्रममा “नेपाली अलुम्नाई अफ पाकिस्तान” नामक संस्थाबाट छात्रवृत्ति प्राप्त वा आफ्नै लगानीमा पाकिस्तानमा अध्ययन गरेका ४५० जना पूर्व विद्यार्थी सहभागी भएका थिए। कार्यक्रम दुई देशबीचको सम्बन्धलाई पुनः गाँस्ने, सम्झना ताजा गर्ने र बलियो बनाउने अवसरका रूपमा आयोजना गरिएको थियो।

समारोहमा मन्तव्य व्यक्त गर्दै नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले पाकिस्तानी संस्थाहरूबाट अध्ययन गरेका चार हजारभन्दा बढी नेपाली स्नातकहरूले नेपालको विकास र विश्वव्यापी रूपमा डायस्पोरामा योगदान पुर्‍याइरहेको बताउनुभयो।

उहाँले यस्ता भेलाले दुई देशबीचको पारस्परिक समझदारी सुदृढ पार्न अमूल्य भूमिका खेल्ने उल्लेख गर्नुभयो। हाश्मीले पाकिस्तानमा अध्ययन गरेका पूर्व विद्यार्थीहरूले अनुभव गरेका संस्कृति, खाना र आतिथ्यले दिगो सम्झना र पारस्परिक सम्मान सिर्जना गर्न सहयोग पुगेको पनि स्मरण गराउनुभयो।

पूर्व विद्यार्थीहरूले अलुम्नाईको विस्तारित भेलाको आयोजना गरेकोमा दूतावासको प्रशंसा गर्दै पाकिस्तान र नेपालबीचको सांस्कृतिक, शैक्षिक र जनस्तरको सम्बन्धलाई सुदृढ पार्ने प्रतिबद्धता व्यक्त गरे। सहभागीहरूले सूचना प्रविधि, कृत्रिम बुद्धिमत्ता, चिकित्सा नवप्रवर्तन लगायतका क्षेत्रमा शिक्षा र तालिमको आवश्यकताबारे प्रकाश पारेका थिए।

कार्यक्रममा पाकिस्तान–नेपाल पूर्व छात्र सञ्जालको सुरुवातको घोषणा पनि गरिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया