Nepal Life

मुख्यमन्त्री बानियाँ: गणतन्त्र गरिबको हित गर्ने व्यवस्था, सुधार र समन्वय जरुरी”

NMB Bank
  • BFIS News
  • 2025 Nov 16 14:56
मुख्यमन्त्री बानियाँ: गणतन्त्र गरिबको हित गर्ने व्यवस्था, सुधार र समन्वय जरुरी”
United Ajod

पाटन (ललितपुर), कात्तिक ३० – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आमनागरिकको हितका लागि गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु नहुने धारणा व्यक्त गर्नुभएको छ।

Shikhar
Nepal Life
NIMB

बागमती प्रदेश सुशासन केन्द्र र फेडरलिज्म तथा लोकलाइजेशन सेन्टरको सहकार्यमा आज नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आयोजित ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र: चुनौती र अवसर’ विषयक अन्तरसंवाद कार्यक्रममा मुख्यमन्त्री बानियाँले गणतन्त्र गरिब जनताको हित गर्ने व्यवस्था भएको बताउनुभयो। उहाँले जनताको अवस्था परिवर्तन गर्ने विषयमा सधैं प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

“नेपालले विभिन्न कालखण्डमा फरक परिस्थितिलाई भोग्दै विसं २०६५ जेठ १५ गतेदेखि गणतन्त्रमा प्रवेश गरेको हो। तत्कालीन समयमा अन्तरिम संविधान जारी भए पनि व्यवस्था परिवर्तनसँगै जनताको अवस्थामा उल्लेख्य सुधार हुन सकेको छैन। परिवर्तनसँग जोडिएको विषय नेपालको समृद्धि हो, व्यवस्था र शासकीय प्रणालीको कमजोरी सुधार्नुपर्छ,” उहाँले भन्नुभयो।

गणतान्त्रिक व्यवस्थाभित्र अस्थिरता र भ्रष्टाचार बढेको बताउँदै मुख्यमन्त्री बानियाँले भने, “हाम्रो गणतान्त्रिक व्यवस्थाले समावेशी, समानुपातिक, सबै वर्ग र समुदायलाई समेटेको छ। तर भ्रष्टाचार र अस्थिरताले सकारात्मक परिवर्तन आउन सकेन। नेतृत्व परिवर्तन नभएको कारण अवस्था परिवर्तन हुन सकेन र त्यसैले जेनजी आन्दोलन भयो। अब सबैले आ–आफ्ना कमजोरी सुधार्दै जेनजी पुस्तासँग अन्तरक्रिया, सहकार्य र समन्वय गर्नु जरुरी छ।”

उहाँले देशको सबैभन्दा बढी जनसंख्या भएको र मुख्य राजनीतिक प्रभाव रहेको बागमती प्रदेशले अन्तरसंवाद आयोजना गरी सहकार्य, समन्वय र सहअस्तित्वमार्फत अगाडि बढ्न सकिने विश्वास व्यक्त गर्नुभयो। मुख्यमन्त्री बानियाँले प्रदेशलाई नीति निर्माण गर्ने र विकास निर्माण गर्ने सरकारी निकायका रूपमा वर्णन गर्दै, स्थानीय तह नागरिकसँग प्रत्यक्ष जोडिएर सेवा प्रवाह गर्ने ठाउँको महत्व पनि उल्लेख गर्नुभयो।

कार्यक्रममा प्रदेशसभाका राजनीतिक दलका नेता र जेनजी पुस्ताका युवाहरूबीच नेपालको सङ्घीय प्रणालीले सामना गरिरहेका चुनौती र तिनका समाधानबारे गहिरो छलफल भएको थियो। फेडरलिज्म तथा लोकलाइजेशन केन्द्रका अध्यक्ष डा. खिमलाल देवकोटाले कार्यपत्र प्रस्तुत गर्नुभयो भने प्रदेश सुशासन केन्द्रका कार्यकारी निर्देशक गोपालकृष्ण न्यौपानेले कार्यक्रम सञ्चालन गर्नुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया