Nepal Life

आइपिओ रोकिएपछि निजी क्षेत्र निराश भएको महासंघ अध्यक्ष ढकालको भनाइ

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 13:10
आइपिओ रोकिएपछि निजी क्षेत्र निराश भएको महासंघ अध्यक्ष ढकालको भनाइ
United Ajod

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला दिनमा आइपिओ रोकिँदा निजी क्षेत्र निराश भएको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

राष्ट्रिय कर दिवस–२०८२ का अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ढकालका अनुसार हाल बजारमा पर्याप्त तरलता रहे पनि ठूला आयोजना समयमा सम्पन्न नहुनु र धेरै कम्पनीको आइपिओ रोकिनुले निजी क्षेत्रमा निराशा थपिएको छ। उनले विशेषगरी धितोपत्र बोर्डले लामो समयदेखि जलविद्युत् आयोजनाहरूलाई आइपिओ जारी गर्न अनुमति नदिएकोप्रति असन्तुष्टि व्यक्त गरे। यससँगै बोर्डमा देखिएका समस्याहरूलाई छिटो समाधान गर्न अर्थमन्त्रीलाई आग्रह पनि गरे।

जेनजी आन्दोलनसँग सम्बन्धित मुद्दामाथि टिप्पणी गर्दै ढकालले उक्त आन्दोलनले उठाएका सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणका मागहरू असल नियतका भए पनि त्यस क्रममा उद्योगी–व्यवसायीमाथि गरिएको आक्रमण उचित नभएको तर्क प्रस्तुत गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया