Nepal Life

आइएमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 20:44
आइएमई खल्ती लिमिटेडको सिइओमा प्रविण रेग्मी नियुक्त
United Ajod

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेड र खल्ती प्रा.लि. गाभिएर २०८२ साउन १ गतेदेखि संयुक्त रूपमा कारोवार सञ्चालन गरिरहेको आइएमई खल्ती लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सिइओ)को रुपमा प्रविण रेग्मीलाई नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको आज बसेको ११औँ बैठकले रेग्मीलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

यसअघि आइएमई डिजिटल सोलुसन लिमिटेडका सिइओका रूपमा कार्यरत रेग्मी मर्जरपछि आइएमई खल्ती लिमिटेडको सञ्चालक समिति सदस्यका रूपमा समेत सक्रिय रहँदै संस्थाको रणनीतिक नेतृत्वमा महत्वपूर्ण भूमिका खेल्दै आएका थिए। फिनटेक, बैंकिङ र डिजिटल ट्रान्सफर्मेसन क्षेत्रमा डेढ दशकभन्दा बढी अनुभव रहेको रेग्मीले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई आधुनिक र सक्षम बनाउन निरन्तर योगदान दिंदै आएका छन्।

बढ्दै गएको डिजिटल कारोबार र क्यासलेस अर्थतन्त्रतर्फ उन्मुख नेपालका लागि रेग्मीको नेतृत्व अहम हुने कम्पनीको विश्वास छ। उनले भुक्तानी सेवा प्रदायक कम्पनीहरूको साझा संस्था PSP संघ नेपालका संस्थापक अध्यक्षका रूपमा पनि सहकार्य, समन्वय र नीतिगत सुधारमा उल्लेखनीय योगदान पुर्‍याएका छन्।

यसअघि सिइओका रूपमा कार्यरत विनय खड्का भने आफ्नो चार वर्षे कार्यकाल पूरा गरी पदबाट बाहिरिएका छन्।

कम्पनीले रेग्मीको अनुभव, दूरदृष्टि र डिजिटल भुक्तानी क्षेत्रमा नवीनता ल्याउने क्षमतालाई रणनीतिक विकासमा उपयोग गर्दै आइएमई खल्ती लिमिटेडले आगामी वर्षहरूमा उल्लेख्य सफलता हासिल गर्ने अपेक्षा व्यक्त गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया