Nepal Life

सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का

NMB Bank
  • BFIS News
  • 2025 Nov 17 23:57
सडक डिभिजन कार्यालय काठमाडौँले तोड्यो २५ रुग्ण ठेक्का
United Ajod

काठमाडौँ, मङ्सिर १ – सडक निर्माणका लागि सम्झौता भई ठेक्का लिएकाहरूले लामो समयसम्म काम नगरेको तथा आयोजनाहरू अलपत्र परेको भन्दै सडक डिभिजन कार्यालय काठमाडौँले सोमबार २५ रुग्ण ठेक्का तोडिएको सार्वजनिक सूचना जारी गरेको छ। तोडिएका ठेक्का सम्झौता आर्थिक वर्ष २०६७/६८ देखि २०७९/८० बीच भएका आयोजनासँग सम्बन्धित छन्।

Shikhar
Nepal Life
NIMB

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने प्रवृत्ति अन्त्यका लागि मातहतका निकायलाई निर्देशन दिएका थिए। त्यसपछि सडक विभागले रुग्ण ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको थियो।

सडक डिभिजन कार्यालय काठमाडौँले गत ११ कात्तिकमा सम्बन्धित २५ निर्माण व्यवसायीलाई “ठेक्का किन नतोड्ने?” भनेर स्पष्टीकरण सोधेको थियो। निर्माण व्यवसायीबाट प्राप्त जवाफ चित्तबुझ्दो नभएको कारण सार्वजनिक खरिद कानुन अनुसार ठेक्का रद्द गरिएको कार्यालयका प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयो।

कानुन अनुसार ठेक्का सम्झौता रद्द गर्दा कालोसूचीमा राखिने, कार्यसम्पादन जमानत, धरौती रकम, पेश्की जमानत जफत गर्ने, पेश्की रकममा १० प्रतिशत ब्याज असुल गर्ने र बाँकी निर्माण कार्यको खर्च सरकारी तर्फबाट असुल गर्ने प्रक्रिया अगाडि बढाइने देवकोटाले उल्लेख गर्नुभयो। साथै निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।

ठेक्का रद्द हुने मुख्य कारण ठेक्का उल्लङ्घन, निर्माण म्याद नपुग्नु, ठेक्का फरफार नगर्नु र कार्यस्थलमा लामो समयसम्म भौतिक रूपमा अनुपस्थित रहनु रहेको जनाइएको छ। विभिन्न मितिमा लिखित तथा मौखिक अनुरोध गर्दा समेत निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाएपछि ठेक्का सम्झौता रद्द गरिएको उल्लेख गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया