Nepal Life

एनपीएलमा आज चार टोली मैदानमा, दुई भिडन्त हुँदै

NMB Bank
  • BFIS News
  • 2025 Nov 18 08:06
एनपीएलमा आज चार टोली मैदानमा, दुई भिडन्त हुँदै
United Ajod

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई रोमाञ्चक खेल हुँदैछन्।

Shikhar
Nepal Life
NIMB

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स बिहान ११:४५ बजे आमनेसामने हुनेछन्। त्यस्तै, दोस्रो खेल अपराह्न ४ बजे विराटनगर किङ्ग्स र पोखरा एभेन्जर्सबीच हुनेछ।

चारै टोली आफ्नो अभियान उत्कृष्ट रूपमा सुरु गर्ने लक्ष्यसहित मैदान उत्रिँदै छन्। चितवन राइनोजको नेतृत्व कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सका कप्तान सोमपाल कामी रहनेछन्। विराटनगर किङ्ग्स सन्दीप लामिछानेको कप्तानीमा खेल्दा पोखरा एभेन्जर्सको कमान कुशल भुर्तेलले सम्हाल्नेछन्।

यसअघि सोमबारको उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरिसकेको छ। सो जितसँगै काठमाडौँले अंकतालिकामा दुई अंक जोडेको छ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल मंसिर २७ गते हुनेछ। विजेता टोलीले रु १ करोड १० लाख प्राप्त गर्ने क्यानले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया