Nepal Life

बेवारिसे अवस्थामा ११ राउण्ड गोली फेला

NMB Bank
  • BFIS News
  • 2025 Nov 22 15:23
बेवारिसे अवस्थामा ११ राउण्ड गोली फेला
United Ajod

दमक, मंसिर ६ — जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका ११ राउण्ड गोली बेवारिसे अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आन्दोलनका बेला करिब चार हजार राउण्ड गोली लुटिएको थियो।

Shikhar
Nepal Life
NIMB

प्रहरीका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार दमक–७ स्थित मानव सेवा आश्रम नजिकैको भित्री सडकमा शुक्रबार बेलुका ती गोली फेला परेका हुन्।
उहाँका अनुसार फेला परेको गोलीमध्ये एसएलआरका ५ राउण्ड, इन्सासका ३ राउण्ड, र ३०३ राइफलका ३ राउण्ड रहेका छन्।

आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका २० थान हतियारमध्ये अहिलेसम्म ३ थान मात्र फेला परेको प्रहरीको भनाइ छ।
बाँकी १७ थान हतियार खोजी कार्य तीव्र बनाइएको र घटनामा संलग्नको पहिचान तथा खोजी सक्रिय रूपमा जारी रहेको प्रहरीले जानकारी दिएको छ।

यसैबीच, जेनजी आन्दोलनकै क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट फरार भएका दुई थुनुवालाई प्रहरीले उनीहरूको घरबाट नै पक्राउ गरेको छ।
पक्राउ पर्नेमा लागूऔषध मुद्दाका आरोपी — कनकाई–२ का ३३ वर्षीय रमेश मुखिया सुनुवार र कनकाई–३ का ४२ वर्षीय चन्द्र पौडेल रहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया