Nepal Life

पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्न छाडेँ, अब प्रगतिशील पार्टी निर्माणमा छु : नेता जनार्दन शर्मा

NMB Bank
  • BFIS News
  • 2025 Nov 23 15:24
पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्न छाडेँ, अब प्रगतिशील पार्टी निर्माणमा छु : नेता जनार्दन शर्मा
United Ajod

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले परम्परागत पार्टीभित्रका ‘मठाधीश’हरुलाई चाप्लुसी गर्न छाडेर अब नयाँ प्रगतिशील पार्टी निर्माणमा लागिपरेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

प्रगतिशील लोकतान्त्रिक पार्टीको घोषणा सभामा बोल्दै शर्माले माओवादी केन्द्र र एकीकृत समाजवादीबीच भइरहेको एकता प्रक्रियाबाट बाहिरिएपछि आफूले नयाँ प्रगतिशील अभियान अघि बढाएको स्पष्ट पारे। उनले पुरानो राजनीतिक संरचनाबाट छुट्कारा पाएर लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्न नयाँ बाटो लिनु आवश्यक रहेको बताए।

उनले भने, “सामन्तवादको सिँढी भत्काएर लोकतान्त्रिक गणतन्त्र निर्माणमा सक्रिय रहेका हामी अब पार्टीभित्रका मठाधीशलाई धुपबत्ती गर्नुको अर्थ रहेन। त्यसैले प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ।”

नेता शर्माको प्रगतिशील राष्ट्रिय अभियान, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) तथा राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियारबीच सोमबार एकता प्रक्रियासमेत सम्पन्न भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया