Nepal Life

मुक्तिनाथ विकास बैंकको कमर्सियल बैंकमा स्तरोन्नतीका लागि राष्ट्र बैंकमा निवेदन

NMB Bank
  • BFIS News
  • 2025 Dec 10 11:28
मुक्तिनाथ विकास बैंकको कमर्सियल बैंकमा स्तरोन्नतीका लागि राष्ट्र बैंकमा निवेदन
United Ajod

काठमाडौं । मुक्तिनाथ विकास बैंकले कमर्सियल बैंकमा स्तरोन्नतीका लागि नेपाल राष्ट्र बैंकमा औपचारिक निवेदन दिेएको छ। बैंकले गत १९औं वार्षिक साधारणसभाबाट विकास बैंकबाट कमर्सियल बैंकमा रूपान्तरण गर्न आवश्यक प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गरेको थियो।

Shikhar
Nepal Life
NIMB

बैंकको आधारभुत शेयरधनी तथा नेपाल इन्भेष्टर फोरमका अध्यक्ष तुलसीराम ढकालका अनुसार बैंकले राष्ट्र बैंकको नियमअनुसार कमर्सियल बैंकका लागि आवश्यक न्यूनतम चुक्ता पूँजी जुटाइसकेको छ। साथै, कमर्सियल बैंकका लागि आवश्यक सबै सूचक पूरा भएकै कारण स्तरोन्नतीका लागि आवेदन दिइएको उनले जानकारी दिए। ढकालले भने, “हामीले निवेदन दिएका छौँ। तर औपचारिक रूपमा कुनै छलफल सुरु भएको छैन। राष्ट्र बैंकले चाँडै बोलाउनेमा हामी आशावादी छौँ।” यद्यपि बैंकले आवेदन दिएको भए पनि नेपाल राष्ट्र बैंकले हालसम्म छलफलका लागि डाकेर प्रक्रिया अघि बढाएको छैन।

पूँजी ८ अर्ब पुर्याउँदै कमर्सियल बन्ने लक्ष्य

बैंकको १९औं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १३.५३ प्रतिशत बोनस शेयर वितरण गरी चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्‍याएको छ। २०६३ साल पुस १९ गते तीन जिल्ले विकास बैंकको रूपमा स्थापना भएको मुक्तिनाथले १९ वर्षमा आफूलाई राष्ट्रिय स्तरको सबैभन्दा ठूलो विकास बैंक बनाउँदै अब कमर्सियल बैंकको रूपमा उकास्ने लक्ष्य बनाएको हो।

नेपालमा अधिकांश फाइनान्स र विकास बैंकहरू अन्य कमर्सियल बैंकसँग मर्जर गरेर मात्र कमर्सियल रूपान्तरण भएका उदाहरण छन्। यदि राष्ट्र बैंकले मुक्तिनाथलाई अनुमति दियो भने, तीन जिल्ले विकास बैंकबाट सुरु भई कमर्सियल बैंकमा रूपान्तरण हुने देशकै पहिलो बैंक बन्नेछ।

निक्षेप तथा कर्जालगानीमा बलियो उपस्थिति

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकले एक खर्ब १७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९६ अर्ब ६५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। पूँजी, निक्षेप तथा कर्जा सूचकका आधारमा बैंक आजका दिनमा अन्य वाणिज्य बैंकको बराबरी प्रतिस्पर्धामा रहेको छ।

तिब्र विकास: १ करोड ३० लाखबाट ८ अर्ब चुक्ता पूँजी

स्थापनाको सुरुआतमा १ करोड ३० लाख रुपैयाँ चुक्ता पूँजीसहित अघि बढेको बैंकले १९ वर्षमा चुक्ता पूँजी ८ अर्ब पुर्‍याउन सफल भएको छ। पूँजी विस्तारसँगै बैंकले सेवा विस्तारणमा पनि उल्लेखनीय वृद्धि गरेको छ।

हाल मुक्तिनाथ विकास बैंकले १७९ वटा शाखा, २२ एटीएममार्फत सेवा दिइरहेको छ। बैंकमा १,५७० भन्दा बढी कर्मचारी कार्यरत छन्, जसमा ४२ प्रतिशत महिला कर्मचारी छन्। औसत उमेर ३२ वर्ष रहेको यो कार्यबलका कारण बैंकसँग ठूलो युवाशक्ति रहेको बैंकको मूल्यांकन छ।

कमर्सियल बैंकमा स्तरोन्नतीका लागि मार्ग प्रशस्त हुने अपेक्षासहित बैंकले आगामी दिनमा अझ सशक्त र आधुनिक बैंकिङ सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ।

यो पनि पढ्नुहोस् 

मुक्तिनाथ बैंकको सफलताको यात्रा, ग्रामीण उद्यमीलाई सशक्त बनाउँदै राष्ट्रिय अर्थतन्त्रमा योगदान

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया