चन्द्रागिरी हिल्सको १६औँ वार्षिक साधारण सभा पुस २३ गते, ५ प्रतिशत बोनस पछि सत प्रतिशत हकप्रद शेयर
- BFIS News
- 2025 Dec 16 10:44
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न १६औँ वार्षिक साधारण सभा आह्वान गरेको छ।
कम्पनीले पुस २३ गते बुधबार, चन्द्रागिरी हिल्स लिमिटेडको बटम स्टेशन परिसर, थानकोट काठमाडौंमा साधारण सभा आयोजना गर्न लागेको हो। सभा बिहान ११ बजे सुरु हुने जनाइएको छ।
सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ। साथै, बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।
यसका अतिरिक्त, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका महत्वपूर्ण प्रस्तावहरू पनि सभाले पारित गर्ने कार्यक्रम रहेको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार पुस ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)







.png)







प्रतिक्रिया