Siddartha Bank
Prabhu Mahalaxmi

चलचित्र ‘क का कि की’को प्रचारमा कलाकारलाई पक्राउ गरिएको दृश्य, प्रहरीको शैलीमा गरियो रमाइलो स्टन्ट

Sanima Reliance
  • आयुुस बस्नेत
  • 2026 Nov 14 19:43
चलचित्र ‘क का कि की’को प्रचारमा कलाकारलाई पक्राउ गरिएको दृश्य, प्रहरीको शैलीमा गरियो रमाइलो स्टन्ट
United Ajod

काठमाडौं, कात्तिक २८ गते । चलचित्र ‘क का कि की’को ट्रेलर सार्वजनिक कार्यक्रममा कलाकारहरूलाई प्रहरीले पक्राउ गरेको दृश्य प्रस्तुत गरिएको छ। काठमाडौंको न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा प्रहरीको पोसाकमा आएका व्यक्तिहरूले निर्देशक विक्की अग्रवाल, अभिनेत्री गौरी मल्ल, कलाकार मनोज गजुरेल र शिशिर वाङ्देललगायतलाई नियन्त्रणमा लिएर बाहिर निकालेका थिए।

 

Siddartha Bank
EBL
Nepal Life

कार्यक्रमको अन्त्यतिर अचानक देखिएको उक्त दृश्यले उपस्थित सञ्चारकर्मी तथा दर्शकलाई केहीबेर आश्चर्यमा पारेको थियो। प्रहरीको शैलीमा कलाकारहरूलाई नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखिएको दृश्य वास्तविक पक्राउजस्तै देखाइएको थियो।

तर, उक्त घटना वास्तविक पक्राउ नभई चलचित्रको प्रचारका लागि निर्माण टोलीले तयार पारेको योजनाबद्ध प्रस्तुति रहेको खुलेको छ। चलचित्रको कथामा समेत पात्रहरूलाई प्रहरीले नियन्त्रणमा लिने प्रसङ्ग रहेकाले त्यसैलाई प्रचारात्मक शैलीमा प्रस्तुत गरिएको हो।

चलचित्रको प्रचारलाई फरक र रोचक बनाउने उद्देश्यले गरिएको उक्त प्रस्तुतिले ट्रेलर सार्वजनिक कार्यक्रमलाई थप चर्चामा ल्याएको छ। कलाकारलाई पक्राउ गरिएको दृश्यले सुरुमा वास्तविक घटनाको आभास दिए पनि अन्ततः त्यो चलचित्रको प्रचार रणनीतिको हिस्सा भएको स्पष्ट भएको छ।

चलचित्र ‘क का कि की’ आगामी मंसिर ११ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।

शेयर गर्नुहोस

Sanima Reliance Life Insurance Company

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार