Nepal Life

"नेपाल लाइफ समृद्धि लगानी योजना" म्युचुअल फण्ड सार्वजनिक हुँदै

NMB Bank
  • BFIS News
  • 2025 Dec 31 20:59
"नेपाल लाइफ समृद्धि लगानी योजना" म्युचुअल फण्ड सार्वजनिक हुँदै
United Ajod

काठमाडौं — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले योजना व्यवस्थापकको रूपमा नेपाल लाइफ क्यापिटल लिमिटेडसँग सहकार्य गर्दै “नेपाल लाइफ समृद्धि लगानी योजना” म्युचुअल फण्ड सार्वजनिक गर्ने भएको छ। धितोपत्र बोर्ड नेपाल (सेबोन) ले उक्त योजनाअन्तर्गत प्रति इकाई १० रुपैयाँ दरमा १६ करोड इकाई निष्कासनको स्वीकृति दिएको छ, जसबाट कुल १ अर्ब ६० करोड रुपैयाँ संकलन हुनेछ।

Shikhar
Nepal Life
NIMB

यो नेपाल लाइफ समूहको पहिलो बन्दमुखी (क्लोज्ड–एन्ड) १० वर्षे म्युचुअल फण्ड योजना हो। योजनाले सुरक्षा र व्यवस्थापन गुणस्तरका दृष्टिले आइसीआरए नेपालबाट AA– रेटिङ प्राप्त गरेको छ भने एसेट म्यानेजमेन्ट कम्पनी (AMC) को व्यवस्थापन गुणस्तरका लागि क्वालिटी–३ रेटिङ प्राप्त गरेको छ।

उक्त योजनाबाट संकलित रकम दर्ता भएका धितोपत्र, सूचीकृत सेयर, बैंक निक्षेप, मनी मार्केट उपकरण, सरकारी ऋणपत्र (बन्ड) तथा नियामक निकायले स्वीकृत अन्य लगानी उपकरणहरूमा लगानी गरिने कम्पनीले जनाएको छ।

नेपाल लाइफ क्यापिटल लिमिटेडका अनुसार योजना लगानीकर्तालाई दीर्घकालीन पूँजी वृद्धिको अवसर प्रदान गर्ने उद्देश्यले ल्याइएको हो। योजनाका इकाईहरू छिट्टै सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमार्फत उपलब्ध गराइने जानकारी दिइएको छ।

यस योजनामार्फत नेपाल लाइफ समूहले पूँजी बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ गर्दै लगानीकर्तालाई सुरक्षित र व्यवस्थित लगानी विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया