Nepal Life

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 06 11:10
नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो
United Ajod

काठमाडौं ।  नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको दैनिक दरअनुसार दुवै धातुको कारोबार मूल्य अघिल्लो दिनको तुलनामा घटेको हो।

महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार चाँदी प्रतितोला २७० रुपैयाँले कम भई ४ हजार ७१० रुपैयाँमा निर्धारण गरिएको छ। अघिल्लो दिन चाँदीको कारोबार मूल्य प्रतितोला ४ हजार ९८० रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको मूल्य उतार–चढावको प्रभाव स्थानीय बजारमा पनि परेको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया