Nepal Life

सागर डिष्टिलरीको बिक्री दोब्बरभन्दा बढी, नोक्सानी पनि उल्लेख्य बढ्यो

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 10:04
सागर डिष्टिलरीको बिक्री दोब्बरभन्दा बढी, नोक्सानी पनि उल्लेख्य बढ्यो
United Ajod

काठमाडौं।  सागर डिष्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

विवरण अनुसार कम्पनीको बिक्री आम्दानीमा तीव्र वृद्धि देखिए पनि समग्र नोक्सानी भने अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ।

कम्पनीले गत आर्थिक वर्षको पुस मसान्तसम्म ५ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्म यो रकम बढेर १२ करोड ९१ लाख रुपैयाँ पुगेको छ। यसले वार्षिक आधारमा बिक्री आम्दानी करिब ११५ प्रतिशतले वृद्धि भएको देखाउँछ।

समीक्षा अवधिमा खुद बिक्री आम्दानी ११७.८१ प्रतिशतले बढेको छ भने कुल नाफा पनि १००.५४ प्रतिशतले वृद्धि भएको वित्तीय विवरणमा उल्लेख छ।

यद्यपि आम्दानी र नाफामा सुधार देखिए पनि कम्पनीको खुद नोक्सानी भने उल्लेख्य रूपमा बढेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा १ करोड ५३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको कम्पनी चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ६१ करोड रुपैयाँ नोक्सानीमा पुगेको छ। खर्च बढेकाले नोक्सानी विस्तार भएको कम्पनीले जनाएको छ।

हाल कम्पनीको चुक्ता पूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा २० करोड ५७ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ २१ पैसा ऋणात्मक रहेको छ। प्रतिशेयर नेटवर्थ भने १२८ रुपैयाँ ३४ पैसा कायम भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया