Nepal Life

दाबी भुक्तानी उच्च भएपछि शिखर इन्स्योरेन्स दोस्रो त्रैमासमा घाटामा

NMB Bank
  • BFIS News
  • 2026 Feb 12 10:06
दाबी भुक्तानी उच्च भएपछि शिखर इन्स्योरेन्स दोस्रो त्रैमासमा घाटामा
United Ajod

काठमाडौं ।  शिखर इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

सो अवधिमा दाबी भुक्तानी उल्लेख्य रूपमा बढेपछि कम्पनी नाफाबाट घाटामा गएको विवरणमा उल्लेख छ।

पुस मसान्तसम्म कम्पनीले ४ करोड ४७ लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनी २५ करोड ७३ लाख रुपैयाँ नाफामा थियो।

वित्तीय विवरण अनुसार जेनजी आन्दोलनका कारण भएको क्षतिसँग सम्बन्धित दाबी भुक्तानी बढ्दा वित्तीय नतिजामा प्रतिकूल असर परेको हो। समीक्षा अवधिमा खुद दाबी भुक्तानी १२२.५६ प्रतिशतले बढेको छ भने कुल खर्च ६२.१५ प्रतिशतले वृद्धि भएको छ।

यस्तै, उक्त अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क २२.४१ प्रतिशतले बढेको छ। कुल आम्दानी पनि ५.७१ प्रतिशतले वृद्धि भएको देखिएको छ।

दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ ६४ पैसा कायम छ।

शिखर इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ९२ करोड रुपैयाँ छ। कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ९१ करोड रुपैयाँ, महाविपत्ति कोषमा १६ करोड ७ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्समा १६ करोड ११ लाख रुपैयाँ र अन्य इक्विटीमा ५८ करोड ३ लाख रुपैयाँ रहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया