नेपाल पत्रकार महासङ्घ बाँकेद्वारा बहुउद्देश्यीय सभा हल सञ्चालनमा
- BFIS News
- 2026 Apr 09 16:48
बाँके, चैत २६ गते । नेपाल पत्रकार महासङ्घ बाँकेले बहुउद्देश्यीय सभा हल निर्माण गरी सञ्चालनमा ल्याएको छ। डुडुवा गाउँपालिकाको करिब १० लाख रुपियाँ आर्थिक सहयोगमा निर्माण गरिएको उक्त सभा हलको बिहीबार उद्घाटन गरिएको हो।
महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीका अनुसार जिल्ला स्तरीय पत्रकारले प्रयोग गर्न मिल्ने गरी कम्प्युटर तथा अन्य सञ्चार सामग्रीसहितको सञ्चार केन्द्रसमेत स्थापना गर्ने योजना अघि बढाइएको छ।
नेपालगन्ज उपमहानगरपालिका–५, बसपार्क नजिकै रहेको स्थानमा उपमहानगरपालिकाले उपलब्ध गराएको जग्गामा साविक जिल्ला विकास समिति र नेपालगन्ज उपमहानगरपालिकालगायतको सहयोगमा भवन निर्माण गरिएको हो।
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)














प्रतिक्रिया