NIMB Header 2
Nepal Life

धनगढीमा कुटपिट आरोपपछि मृत्यु, चार जना नियन्त्रणमा

NMB Bank
  • BFIS News
  • 2026 Apr 18 17:45
धनगढीमा कुटपिट आरोपपछि मृत्यु, चार जना नियन्त्रणमा
United Ajod

धनगढी, वैशाख ५ गते — कैलालीको धनगढी उपमहानगरपालिका–१ मा छिमेकीको घरमा बेहोस अवस्थामा भेटिएका ५६ वर्षीय पतिराम चौधरीको मृत्यु भएपछि प्रहरीले छानबिनका लागि चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कैलाली का अनुसार मृतककी श्रीमती रुपा चौधरीको जाहेरीका आधारमा महेश श्रेष्ठसहित उनका परिवारका सदस्यहरूलाई नियन्त्रणमा लिइएको हो।

Shikhar
Nepal Life
NIMB

प्रहरी निरीक्षक कैलाश विष्ट ले दिएको जानकारीअनुसार कुकुरले कुकुर मारेको निहुँमा मरेको कुकुर हेर्न भन्दै बिहीबार राति पतिरामलाई घरमा बोलाएर कुटपिट गरिएको आरोप लागेको छ। कुटपिटकै कारण श्रीमानको ज्यान गएको भन्दै मृतककी श्रीमतीले उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार पतिराम चौधरीलाई श्रेष्ठले आफ्नो कुकुर मारेको भन्दै घरमा बोलाएका थिए। सोही राति उनी श्रेष्ठको घरमै बेहोस अवस्थामा फेला परेका थिए र उपचारका क्रममा मृत्यु भएको हो।

यद्यपि, श्रेष्ठ परिवारले भने चौधरी छतमा मरेको कुकुर हेरेर फर्किने क्रममा सिँढीबाट लडेर बेहोस भएको दाबी गरेको छ। बेहोस भएपछि उनलाई होसमा ल्याउन आइस र पानी प्रयोग गरिएको पनि उनीहरूको भनाइ छ।

घटनाको वास्तविकता अझै नखुलेको भन्दै प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया