विश्वभरका नेपालीलाई जोड्ने ‘ग्लोबल नेपाली कम्युनिटी मार्केटप्लेस’ Neplify सञ्चालनमा
- BFIS News
- 2026 Sep 29 13:14
काठमाडौं। Neplify विश्वभरका नेपालीलाई व्यवसाय, सेवा, कला, संस्कृति र आपसी सहयोगमार्फत जोड्ने Global Nepali Community Marketplace हो। यसको कार्यालय क्यानडाको टोरन्टो (Toronto Canada) मा रहेको छ। अन्य देशमा पनि आफ्नो पहुँच विस्तार गर्ने योजना बनाएको Neplify “One Nation. Global Connection.” भन्ने नारासहित अघि बढिरहेको छ।
प्लेटफर्मको उद्देश्य नेपाली समुदायका व्यवसाय, सेवा, उत्पादन र अवसरसम्बन्धी जानकारी एउटै डिजिटल स्थानमा उपलब्ध गराउनु हो।
एउटै प्लेटफर्ममा विभिन्न श्रेणी र निःशुल्क विज्ञापन
Neplify मा प्रयोगकर्ताले Events, Food & Restaurants, Products, Services, Gifts, Jobs & Internships र Accommodations सम्बन्धी जानकारी खोज्न वा आफ्ना विज्ञापन प्रकाशित गर्न सक्छन्। नेपालमा रहेका व्यवसाय तथा सेवा प्रदायकले विदेशमा बस्ने नेपालीसम्म आफ्ना वस्तु र सेवाबारे जानकारी पुर्याउन Neplify प्रयोग गर्न सक्छन्।विदेशमा रहेका नेपालीले आफू बसेको ठाउँ वा अन्य सहरमा उपलब्ध नेपाली व्यवसाय, सेवा, कार्यक्रम, रोजगारी र आवाससम्बन्धी जानकारी खोज्न सक्छन्।
हाल व्यक्तिगत वा व्यावसायिक प्रयोजनका लागि Neplify मा Free Unlimited Listing प्रकाशित गर्न सकिन्छ। प्रयोगकर्ताले वेबसाइट वा मोबाइल एपबाट Account बनाएर आफूलाई चाहिएको जानकारी खोज्न वा आफ्नो विज्ञापन राख्न सक्छन्।
वेबसाइट र मोबाइल एपमार्फत प्रयोग
Neplify को वेबसाइट र मोबाइल एप दुवैमार्फत Account Create गर्न सकिन्छ। Account बनाएपछि प्रयोगकर्ताले आफ्नो प्रोफाइल पूरा गरी लिस्टिङ हेर्न, आवश्यक जानकारी खोज्न वा आफ्ना वस्तु, सेवा र कार्यक्रमसम्बन्धी विवरण प्रकाशित गर्न सक्छन्। कुनै लिस्टिङबारे थप जानकारी लिनुपरेमा प्रयोगकर्ताले त्यहाँ दिइएको फोन नम्बरमार्फत वा मोबाइल एपमा उपलब्ध Neplify Chat बाट सम्बन्धित व्यक्ति वा व्यवसायसँग सम्पर्क गर्न सक्छन्। Neplify Chat मोबाइल एपमा उपलब्ध छ।
संस्थापकको अनुभव र Neplify सुरु हुनुको कारण
Neplify का संस्थापक देवेन्द्र नेपाल हुन्। क्यानडा आउनुअघि उनले नेपालमा सात वर्षसम्म सूचना प्रविधि क्षेत्रमा उद्यमशीलताको अनुभव हासिल गरेका थिए।
सन् २०२३ मा क्यानडा आएपछि नेपाली कार्यक्रम, सेवा प्रदायक र समुदायसँग सम्बन्धित अन्य जानकारी खोज्दा सजिलै भेट्टाउन नसकेको अनुभवले उनलाई यस्तो साझा डिजिटल मञ्चको आवश्यकता महसुस गरायो। त्यसपछि नेपाल र विश्वका विभिन्न देशमा रहेका नेपालीलाई जोड्ने उद्देश्यले उनले Neplify निर्माणको काम अघि बढाए।
नेपाली समुदायका सदस्यले आवश्यक जानकारी र अवसर सजिलै भेट्टाउन सकून्, नेपाली व्यवसायले आफ्नो समुदायसम्म पुग्ने थप माध्यम पाऊन्, र नेपालीबीचको सम्बन्ध, संस्कृति तथा सहकार्य बलियो होस् भन्ने Neplify को दीर्घकालीन दृष्टि हो। नेपाली कला, संस्कृति र आपसी सहयोगलाई विश्वभरका नेपालीसँग जोड्ने प्रयास पनि यसको उद्देश्यमा समेटिएको छ।
Neplify सँग जोडिनुहोस्
वेबसाइट: https://neplify.com
Apple App Store: https://apps.apple.com/ca/app/neplify/id6757994067
Google Play: https://play.google.com/store/apps/details?id=com.neplify.neplify
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1726536208_1712932632_Onlinearthik_1200x100.gif)



 (3) (1).gif)









.jpeg)

प्रतिक्रिया