Nepal Life

पाँच महिनामा साढे १६ हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा

NMB Bank
  • BFIS News
  • 2024 Jan 01 21:01
पाँच महिनामा साढे १६ हजार व्यक्ति तथा कम्पनी कालोसूचीमा
United Ajod

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा १६ हजार बढी कालोसूचीमा परेका छन् । नेपाल उद्योग परिसंघ (सीएनआई) ले पहिलो त्रैमासिकमा उद्योगहरुको अवस्थाबारे गरेको अध्ययन रिपोर्टअनुसार पाँच महिनामा १६ हजार ४६० वटा कालोसूचीमा परेको देखाएको हो ।

Shikhar
Nepal Life
NIMB

परिसंघका अध्यक्ष राजेश अग्रवालले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा कालोसूचीमा पर्नेको संख्या उच्च रहेको बताए । आर्थिक वर्ष २०७८/७९ मा १२ हजार ८८९ वटा र आव २०७९/८० मा २६ हजार ८६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेको जानकारी दिए । यो वर्षको पाँच महिनाको अवधिमै १६ हजार ४६० व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।

‘साँच्चै कालोसूचीमा कति छन् भन्ने हुन्छ । कतिपय कम्पनीहरु कालोसूचीमा हुन्छन् भने कतिपय कालोसूचीबाट बाहिरिसकेको हुन्छ,’ उनले भने, ‘हालसम्ममा ६९ हजार ७७५ व्यक्ति तथा कम्पनी कालोसूचीमा परेका छन् ।’

यद्यपी बैंकको ऋण नतिरेको कारणले भन्दा काटिएका चेकमा पर्याप्त रकम नहुँदा कालोसूचीमा पर्ने कम्पनी धेरै छन् । चालु आर्थिक वर्षमा कम्पनीहरु कालोसूचीमा परेको अवस्थाले पनि अर्थतन्त्रको चित्र देखाउने उनको भनाइ छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया