Nepal Life

कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न

NMB Bank
  • BFIS News
  • 2024 Jan 02 17:18
कामना सेवा विकास बैंकको १७ औं वार्षिक साधारणसभा सम्पन्न
United Ajod

काठमाडौं । कामना सेवा विकास बैंकले १७ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । आज सम्पन्न वार्षिक साधारणसभाले संचालक समितिका अध्यक्ष सुदीप आचार्यले प्रस्तुत गरेको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष२०७९/८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ ।

Shikhar
Nepal Life
NIMB

उक्त साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले सेयरधनीहरुको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने बताए ।

उक्त सभामा उपस्थित सेयरधनीहरुलाई बैंक सञ्चालक समितिका सदस्य भिम प्रसाद तुलाचनले मन्तव्य मार्फत स्वागत गरेका थिए भने बैंकका कानुन विभाग प्रमुख डण्डपानी भट्टराईले कार्यक्रम सञ्चालन गरेका थिए ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया