Nepal Life

महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक नेपालमा विशेष छुट पाउने

NMB Bank
  • BFIS News
  • 2024 Jan 03 21:12
महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक नेपालमा विशेष छुट पाउने
United Ajod

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकहरुले एपोलो डाइग्नोष्टिक नेपालमा विशेष छुट पाउने भएका छन् । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराही, काठमाडौंमा अवस्थित Apollo Diagnostic Nepal सँग सम्झौता गरेको छ ।   

 

Shikhar
Nepal Life
NIMB

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । प्राप्त गर्न सकिने छुट निम्नलिखित छन्ः

सेवाहरु

                  छुट

Health Packages

२५%

Routine Tests

२५%

Outsource Tests

१०%

COVID-19: RT-PCR Test

रु.१०००

COVID-19: Rapid Antigen Test

रु.७५०

यस किसिमको सहकार्यबाट बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्ष।तकार गराउने उद्देश्यले बैकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया