Nepal Life

मुक्तिनाथ विकास बैंकद्वारा १३५ कर्मचारीको सम्मान

NMB Bank
  • BFIS News
  • 2024 Jan 06 08:01
मुक्तिनाथ विकास बैंकद्वारा १३५ कर्मचारीको सम्मान
United Ajod

काठमाडौं । मुक्तिनाथ विकास बैंकले वार्षिकोत्सवका अवसरमा १३५ जना कर्मचारीलाई सम्मान गरेको छ । कम्पनीले १८ औं वार्षिकोत्सवका अवसरमा १३५ कर्मचारीहरुलाई सम्मान गर्दै बृहत रक्तदान, विभिन्न सामाजिक कार्य गरेको हो ।

Shikhar
Nepal Life
NIMB

यसै क्रममा कम्पनीले महाबीर पुनद्वारा सञ्चालित राष्ट्रिय आविष्कार केन्द्र रु ५ लाखको आर्थिक सहयोग प्रदान गरेको छ । यसैगरी, कम्पनीले बृहत रक्तदान कार्यक्रम मार्फत १६६ युनिट रगत संकलन गरेको छ । यस्तै कम्पनीले क्षेत्रीय तथा शाखा कार्यालयहरु मार्फत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण, दृष्टिविहिन नागरिकहरुलाई सेतो छडी वितरण, अनाथालय, बाल आस्रम तथा बृद्धा आश्रममा विभिन्न सामाग्री वितरण, फोहोरमैला व्यवस्थापनको लागि डस्टविन वितरण र वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग साक्षरता जस्ता विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरु संचालन गरेको छ ।

वार्षिकोत्सव समारोह कम्पनीका वर्तमान सञ्चालकहरु, पूर्व सञ्चालकहरु, संस्थापक सेयरधनी, तथा उच्च पदाधीकारीहरु, शाखा प्रबन्धकहरुको उपस्थितिमा भएको थियो । उक्त अवसरमा कम्पनीका अध्यक्ष भरतराज ढकालले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गरे ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया