Nepal Life

ग्लोबल आइएमई बैंकको अफर, ग्लोबल रेमिटबाट पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने

NMB Bank
  • BFIS News
  • 2024 Jan 10 15:02
ग्लोबल आइएमई बैंकको अफर, ग्लोबल रेमिटबाट पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक पाइने
United Ajod

काठमाडौं। ग्लोबल आइएमई बैंकले ग्लोबल रेमिटमार्फत विदेशबाट पैसा पठाउँदा २५० रुपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ।

Shikhar
Nepal Life
NIMB

‘पैसा आउने, थपेर पाउने’ नारासहित सार्वजनिक गरेको क्यासब्याक योजनामा ग्लोबल रेमिटमार्फत विदेशबाट ग्लोबल आइएमई बैंकमा रहेको खातामा पैसा पठाउँदा २५० रुपैयाँसम्मको क्यासब्याक पाइने विज्ञप्तिमा उल्लेख छ।

बैंकले रेमिट्यान्स कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यले विदेशबाट पैसा पठाउने व्यक्तिले क्यासब्याक योजनाअन्तर्गत २५ हजार रुपैयाँसम्म पैसा पठाउँदा १०० रुपैयाँ, त्यसैगरी ५० हजार रुपैयाँसम्म पैसा पठाउँदा २०० रुपैयाँ र ५० हजार रुपैयाँभन्दा बढी पैसा पठाउँदा २५० रुपैयाँ क्यासब्याक प्राप्त गर्ने जनाएको छ। यो योजना जनवरी ३१ सम्म लागू हुने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकमा नयाँ खाता खोलेर वा निष्क्रिय खातालाई पुनः सक्रिय बनाएर ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा रेमिट्यान्समार्फत आएको पैसामा २५० रुपैयाँ सम्म थप गरिदिने जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया