Nepal Life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले साधारण सभामार्फत लाभांश प्रस्ताव पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2024 Feb 14 09:27
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले साधारण सभामार्फत लाभांश प्रस्ताव पारित गर्ने
United Ajod
Shikhar
Nepal Life
NIMB

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले साधारण सभा बोलाएको छ। गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाइएको हो।

सभाले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। त्यसैगरी, सञ्चालक समितिमा संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।

इन्स्योरेन्सले फागुन ३० गते लिसारा रिसेप्सन, भगवती बहाल काठमाडौंमा ३० औं वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले फागुन ११ गते बुक क्लोज गर्ने भएको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया