Nepal Life

नेशनल लाइफ इन्स्योरेन्स ३७ औं वर्षमा : अधिकतम बोनस र उच्चतम प्रतिफल दिने प्रतिबद्धता

NMB Bank
  • BFIS News
  • 2024 Feb 22 11:18
नेशनल लाइफ इन्स्योरेन्स ३७ औं वर्षमा : अधिकतम बोनस र उच्चतम प्रतिफल दिने प्रतिबद्धता
United Ajod

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३७ औं वर्षमा प्रवेश गरेको छ। २०४४ साल फागुन १० मा स्थापना भएको कम्पनीले आज ३७ औं वार्षिकोत्सव मनाइरहेको हो।

Shikhar
Nepal Life
NIMB

नेपालकै पहिलो निजी क्षेत्रका जीवन बीमा कम्पनीले वार्षिकोत्सवको अवसरमा बीमितलाई अधिकतम बोनस र लगानीकर्ताहरुलाई उच्चतम् प्रतिफल दिने प्रतिबद्धता जाहेर पनि गरेको छ।

कम्पनीले जीवन बीमा कोषको आधारमा तेस्रो र व्यवसाय बृद्धिदरको आधारमा दोस्रो ठूलो कम्पनीको रुपमा आम जनतालाई बीमा सेवा प्रवाह गर्दै आइरहेको बताएको छ।

नेपाल सरकारको लगानी रहेको राष्ट्रिय बाणिज्य बैंक मुख्य प्रबर्द्धक रहेको कम्पनीमा संस्थापक लगानीकर्ताको ५५ प्रतिशत र सर्वसाधारण समुहको ४५ प्रतिशतले शेयर संरचना रहेको छ ।

कम्पनीको ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ चुक्ता पुँजि रहेको छ। पछिल्लो तथ्याङ्क चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ७१ अर्ब ४४ करोड रुपैयाँ संचिती गर्न सफल भएको छ । हाल कायम १५ लाख ९२ हजार ७७६ (पुस मसान्तसम्म) वटा बीमा पोलिसी जारी रहेको छ। कम्पनीले पछिल्लो ६ महिनामा ८ अर्ब ६७ करोड बढि बीमा शुल्क संकलन गर्न सफल भएको छ।

अधिकतम् ८५ रुपैयाँ घोषित बोनस दर रहेको नेशनल लाईफ इन्स्योरेन्स कम्पनी नेपालकै सर्वाधिक बोनस दिने कम्पनी हो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया