Nepal Life

एलआइसीले सार्वजनिक गर्‍यो बीमालेख बोनसदर, कसलाई कति?

NMB Bank
  • BFIS News
  • 2024 Feb 23 08:02
एलआइसीले सार्वजनिक गर्‍यो बीमालेख बोनसदर, कसलाई कति?
United Ajod

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आवको वित्तीय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेको छ ।

Shikhar
Nepal Life
NIMB

नेपाल बीमा प्राधिकरणको मिति २०८०/११/१० को पत्रानुसार कम्पनीको आ.व. २०७९/८० को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी बीमाङ्गीय प्रतिवेदन स्वीकृत भएकोले कम्पनीले बोनसदर सार्वजनिक गरेको हो।

कम्पनीले सार्वजनिक गरेको बोनसदर नेपाल बीमा प्राधिकरणबाट अर्को व्यवस्था नभए सम्मको लागि कायम रहने जनाइएको छ।

कम्पनीले सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक, जीवन बीमा, जीवन साथी र जीवन श्री बीमा योजनामा बीमितले न्यूनतम ५१ देखि ६१ रुपैयाँसम्म प्रतिवर्ष प्रतिहजार रुपैयाँमा बोनस पाउनेछन्।

त्यस्तै, जीवन आनन्द बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५० रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस प्राप्त गर्न सक्ने भएका छन् । कम्पनीले बाल सावधिक बीमा योजनामा बीमालेख अवधिअनुसार न्यूनतम ५१ रुपैयाँदेखि ६४ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

त्यसैगरी, धन वृष्टि बीमा योजनामा न्यूनतम ५५ रुपैयाँदेखि ५७ रुपैयाँसम्म बोनसदर तोकिएको छ। धनफिर्ता बीमा योजनामा भने बीमालेख अवधि अनुसार न्यूनतम ५६ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन्।

बाल ममता र बाल स्नेह बीमा योजनामा बीमालेख अवधिअनुसार बीमितले ५५ रुपैयाँदेखि ६० रुपैयाँसम्म बोनस पाउने भएका छन् भने जीवन तरंग बीमा योजनामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ४५ रुपैयाँसम्म बीमितले बोनस पाउने भएका छन् ।

कम्पनीले न्यू जीवन तरंगमा बीमालेख अवधिअनुसार न्यूनतम ५० रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस दिने भएको छ । त्यसैगरी जीवन बचतमा बीमितले न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ६६ रुपैयाँसम्म बोनस पाउने भएका छन् ।

कम्पनीले जीवन लाभ बीमा योजनामा न्यूनतम ५१ रुपैयाँदेखि ५५ रुपैयाँसम्म बोनस दिने भएको छ भने लघु सावधिक बीमा योजनामा सबै अवधिका बीमालेखमा ४१ रुपैयाँ बोनस दिने भएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया