Nepal Life

नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

NMB Bank
  • BFIS News
  • 2024 Mar 15 21:09
नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक
United Ajod

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको  क्यालेन्डर सार्वजनिक गरेको छ ।

Shikhar
Nepal Life
NIMB

आज मिति २०८० साल चैत्र १ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन् । उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरुकोे उपस्थिति रहेको थियो । बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो । 

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्पूर्ण ग्राहक महानुभावहरु, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ताहरु, मार्गनिर्देशन प्रदान गर्ने संचालक पदाधिकारीहरु, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारीहरु, माया, स्नेह प्रदान गर्नुहुने शेयरधनीहरु, नेपाल बीमा प्राधिकरण,अन्य नियामक निकायहरुका साथसाथै नेपालकै सर्वाधिक विस्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनिय भूमिका खेल्ने सबै सरोकारवालाहरुलाई नयाँ वर्ष २०८१ को अग्रीम शुभकामना समेत व्यक्त गरे । 

आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय सुहाँउदो योजना ल्याउने बताए । यसका साथै सम्पूर्ण सरोकारवालाहरुको अपेक्षालाई पूरा गर्न कम्पनी दत्त चित्त भएर लागि पर्ने कुरा व्यक्त गरे । 

“किनकी जीवन अमुल्य” छ भन्ने मुल नारालाई आत्मसाथ गर्दै करिब २३ वर्ष देखी नेपालीहरुको घर दैलोमा जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २०८० पौष मसान्त सम्ममा लगानी रु. १८७.२८ अर्व रुपैयाँ रहेको छ भने जीवन बीमाकोष १८३.६५ अर्व रुपैयाँ र शेयरधनी कोष १० अर्व ३३ करोडभन्दा बढी रहेको छ ।

कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना ७ वटा प्रादेशिक कार्यालय, १ वटा उप-प्रादेशिक कार्यालय र १८५ वटा शाखा/उपशाखाहरु मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । यसका साथसाथै कम्पनीले हालसम्म रु २४४.२९ अर्व रुपैया बीमा शुल्क आर्जन गरेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया