Nepal Life

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, शेयर बजार बन्द रहने

NMB Bank
  • BFIS News
  • 2024 May 01 09:04
आज अन्तर्राष्ट्रिय श्रमिक दिवस, शेयर बजार बन्द रहने
United Ajod

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता प्रकट गर्दै श्रमिक अधिकारको रक्षा र प्रवर्द्धनका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा यस दिवसलाई लिने गरेका छन् ।  मर्यादित काम र मुनासिब ज्यालाको अधिकार स्थापनाका लागि हालसम्म भएका आन्दोलन र उपलब्धिलाई यस दिवसले स्मरण गराउँदै मजदुरका पक्षमा लाग्न प्रेरित गर्छ।

Shikhar
Nepal Life
NIMB

नेपालको संविधानले नागरिकको रोजगारीको हक सुनिश्चित गरी प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत प्रत्याभूत गरेको छ ।

मजदूर दिवसका अवसरमा संयुक्त ट्रेड युनियन समन्वय कमिटीले आज भृकुटीमण्डपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख अतिथ्यमा विशेष कार्यक्रम आयोजना गर्दैछ । समारोहअघि नयाँ सडकबाट र्‍यालीको आयोजना गरिने समितिका महासचिव प्रेमप्रसाद खनालले जानकारी दिए। सन् १८८१ मे १ मा अमेरिकामा भएको आम हडतालको स्मरणमा दिवसको थालनी भएको हो ।

श्रमिक दिवसको दिन आज बिदा दिइएकोले शेयर बजार  पनि बन्द रहनेछ। मंगलबार नेप्से सूचक २५.९३ अंकले बढेको थियो। नेप्से २००६.२८ अंकमा कायम छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया