Nepal Life

ब्रोकर कमिसन १० प्रतिशतले घट्ने, जेठ १ गतेदेखि लागु हुने

NMB Bank
  • BFIS News
  • 2024 May 06 13:37
ब्रोकर कमिसन १० प्रतिशतले घट्ने, जेठ १ गतेदेखि लागु हुने
United Ajod

काठमाडौं । ब्रोकर कमिसन १० प्रतिशतले घट्ने भएको छ। धितोपत्र बोर्डको आइतबार बसेको सञ्चालक समितिको बैठकले ब्रोकर कमिसन १० प्रतिशतले घटाउने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

यो निर्णय जेठ १ गतेदेखि लागु हुने छ। धितोपत्र बोर्डले यसअघि गरेको अध्ययन अनुसार नै हालको शुल्कमा १० प्रतिशत घटाउन अर्थमन्त्रालयले अनुमति दिएको हो।

वैशाखबाट कायममुकायम अध्यक्षको जिम्मेवारी पाएका रितेश शाक्यको उपस्थितमा बैठक बसेको थियो।

हाल ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.४० प्रतिशत, ५० हजारदेखि पाँच लाख रूपैयाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत कमिसन शुल्क लाग्छ। २० लाखदेखि एक करोड रूपैयाँसम्मको कारोबारमा ०.३० प्रतिशत र एक करोड रूपैयाँभन्दा धेरैमा ०.२७ प्रतिशतसम्म कमिसन शुल्क लाग्छ।

१० प्रतिशतसम्म घटेमा ५० हजार रूपैयाँसम्मको कारोबारमा लगानीकर्ताले ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाख रूपैयाँसम्मको कारोबारमा ०.३३ प्रतिशत, पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा ०.३०६ प्रतिशत कमिसन शुल्क लाग्ने भएको छ । यस्तै २० लाखदेखि एक करोड रूपैयाँसम्म ०.२७ प्रतिशत र १ करोड रूपैयाँभन्दा माथिको कारोबारमा ०.२४३ प्रतिशतसम्म कमिसन लाग्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया