Nepal Life

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

NMB Bank
  • BFIS News
  • 2024 May 06 15:41
दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
United Ajod

काठमाडौं। आज (सोमबार) नेप्से परिसूचक १५.६२ अंकले घटेको छ। नेप्से १९५८.७५ विन्दुमा बन्द भएको छ।

सोमबारको २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् आइतबार ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ९० करोड रूपैयाँले कमी आएको हो।

Shikhar
Nepal Life
NIMB

यस दिन ३१० वटा धितोपत्रको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर किनबेच भएको छ। सोमबार ६२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ वटाको घटेको छ। यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

यसदिन बोटलर्स नेपाल (तराई) को सेयरमूल्य सर्वाधिक ९.०३ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १४ हजार ६९ रूपैयाँ ८० पैसा कायम भएको छ। यस्तै, माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ८.५२ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य २४८ रूपैयाँ ५० पैसा कायम भएको छ।

पोखरा फाइनान्स र दोल्ती पावरको सेयरमूल्य १० प्रतिशतका दरले घटेको छ। उक्त कम्पनीहरूको प्रतिकित्ता मूल्य क्रमशः ६६२ रूपैयाँ ४० पैसा र ४४३ रूपैयाँ ७० पैसा कायम भएको छ। यस्तै, पिपुल्स पावरको मूल्य ७.९४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५१० रूपैयाँमा झरेको छ।

सोमबार सिटिजन्स लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ४६३ रूपैयाँ १० पैसामा ३१ करोड ९८ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा २.६१ प्रतिशत बढेको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा नेपाल फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ५२० रूपैयाँमा १० करोड ८१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक समूहको परिसूचक ०.२३ प्रतिशतले बढेको भने बाँकी १२ समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक १.९६ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया