Nepal Life

नेप्सेमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो

NMB Bank
  • BFIS News
  • 2024 May 07 15:40
नेप्सेमा सामान्य अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
United Ajod

काठमाडौं । मंगलबार नेप्से परिसूचकमा सामान्य अंकको वृद्धि भएको छ। आज नेप्से २.०६ अंकले बढेको छ। नेप्से ०.१० प्रतिशतले बढेर १९६०.८१ विन्दुमा बन्द भएको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबारको बजारमा २ अर्ब १४ करोड ५ लाख २ हजार ६२१ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् सोमबार २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ७५ करोड रूपैयाँले कमी आएको हो।

यस दिन ३१४ वटा धितोपत्रको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच भएको हो।

मंगलबार १२० कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ को घटेको छ। यस्तै, ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

यसदिन हिमालयन लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ८५६ रूपैयाँ ७० पैसा कायम भएको छ। यस्तै, इन्फिनिटी लघुवित्तको शेयर मूल्य ८.४७ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार २८० रूपैयाँ कायम भएको छ।

बोटलर्स नेपाल (तराइ) को शेयर मूल्य ६.२३ प्रतिशतले घटेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १३ हजार १९३ रूपैयाँ ७० पैसा कायम भएको छ। यस्तै, सिवाइसी नेपाल लघुवित्तको मूल्य ५.९४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५०३ रूपैयाँमा झरेको छ।

मंगलबार पोखरा फाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६५१ रूपैयाँमा ८ करोड ३२ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा १.७२ प्रतिशत घटेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा आरएसडिसी लघुवित्त रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७४६ रूपैयाँ ९० पैसामा ६ करोड ५७ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूहको परिसूचक बढेको भने बाँकी ९ समूहको परिसूचक घटेको छ।

यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशतले बढेको छ भने व्यापार समूहको परिसूचक सर्वाधिक १.०९ प्रतिशतले घटेको छ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया