Nepal Life

नेप्से १९६० मै थामियो, कारोबार रकममा भने वृद्धि

NMB Bank
  • BFIS News
  • 2024 May 08 15:39
नेप्से १९६० मै थामियो, कारोबार रकममा भने वृद्धि
United Ajod

काठमाडौं । बुधबार नेप्से परिसूचक स्थिर रहेको छ। मंगलबार १९६०.८१ विन्दुमा बन्द भएको शेयर बजार आज १९६०.६० विन्दुमा बन्द भएको हो।

Shikhar
Nepal Life
NIMB

बुधबारको बजारमा २ अर्ब ५४ करोड ७० लाख ३० हजार ८२५ रूपैयाँको शेयर कारोबार भएको छ। गत कारोबार दिन अर्थात् मंगलबार २ अर्ब १४ करोड ५ लाख २ हजार ६२१ रूपैयाँको कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा कारोबार रकममा ४० करोड रूपैयाँ वृद्धि भएको हो।

यस दिन ३०५ वटा धितोपत्रको ५८ लाख ७४ हजार ९६७ कित्ता शेयर किनबेच भएको हो। बुधबार १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १०७ वटाको घटेको छ। यस्तै, १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

यसदिन इन्फिनिटी लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य १ हजार ४०७ रूपैयाँ ९० पैसा कायम भएको छ। यस्तै, दोल्ती पावरको सेयर मूल्य ९.७४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ४६२ रूपैयाँ कायम भएको छ।

कुमारी सबल योजनाको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त योजनाको इकाइ मूल्य ८ रूपैयाँ ७३ पैसा कायम भएको छ। यस्तै, मैलुङ खोला जलविद्युत कम्पनीको मूल्य ३.६९ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१८ रूपैयाँमा झरेको छ।

बुधबार फर्स्ट माइक्रोफाइनान्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ६७८ रूपैयाँमा १० करोड ६० लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ५.२८ प्रतिशत बढेको हो।

सर्वाधिक शेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ग्रामिण विकास लघुवित्त रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ७५१ रूपैयाँमा ७ करोड १५ लाख रूपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, जलविद्युत, लघुवित्त र व्यापार समूहको परिसूचक बढेको भने बाँकी ९ समूहको परिसूचक घटेको छ। यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ३.११ प्रतिशतले बढेको छ भने अन्य समूहको परिसूचक सर्वाधिक १.१५ प्रतिशतले घटेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया