Nepal Life

'सरकारले तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्छ'

NMB Bank
  • BFIS News
  • 2024 Jun 07 12:52
'सरकारले तत्काल धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्नुपर्छ'
United Ajod

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्रकुमार रानाले सरकारले पाँच महिनादेखि रिक्त रहेको बोर्डको कार्यकारी अध्यक्षको नियुक्ति यथासीघ्र चाँडो गर्नुपर्ने बताएका छन्।

Shikhar
Nepal Life
NIMB

धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै रानाले यस्तो बताएका हुन्। उनले सरकारले रिक्त रहेको उक्त पद बहाली गरोस् भन्ने आफ्नो पनि धरणा रहेको बताए।

रानाले पुसदेखि रोकिएको काम अघि बढ्ने पनि दाबी गरे।

“पुसदेखि रोकिएका काम अब अघि बढ्छन्। त्यसको लागि अध्ययन भइरहेको छ। पहिलो बैठक पनि गरिसकिएको छ। सम्भवतः आउने बैठकले केही निकास दिने काम गर्ने छ,” अध्यक्ष रानाले भने।

अध्यक्ष रानाले धितोपत्र बोर्डको भवनको लागि सरकारी जग्गाको लागि पहल गर्ने बताए।

५ महिनादेखि खाली रहेको बार्डको अध्यक्षमा अर्थमन्त्रालयले केही दिनअघि मात्रै रानालाई पठाएको थियो । नयाँ कार्यकारी अध्यक्ष नियुक्ति नभएको बेला अर्थमन्त्रालयले आफ्नो प्रतिनिधिलाई नै बोर्डको अध्यक्षको रुपमा राख्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्था अनुसार राना अध्यक्ष बनेका हुन् ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया