Nepal Life

एकभन्दा बढी सहकारीमा आवद्ध सञ्चालकलाई ३० दिनभित्र छाड्न निर्देशन

NMB Bank
  • BFIS News
  • 2024 Jul 07 05:13
एकभन्दा बढी सहकारीमा आवद्ध सञ्चालकलाई ३० दिनभित्र छाड्न निर्देशन
United Ajod

काठमाडौं । सहकारी विभागले एकभन्दा बढी सहकारी संस्थामा सञ्चालक भएकालाई ३० दिनभित्र कुनै एउटा संस्था छाड्न निर्देशन दिएको छ।

Shikhar
Nepal Life
NIMB

विभागले बुधबार सहकारी संघसंस्थाका लागि निर्देशन जारी गर्दै एकभन्दा बढी सहकारीको सञ्चालक भए ३० दिनभित्र एउटा संस्थामा मात्रै बस्न निर्देशन दिएको हो।

‘कुनै व्यक्ति दुई वा सोभन्दा बढी संस्थाको सञ्चालक रहेमा निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्नेछ। अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ,’ विभागले भनेको छ ।

सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारीको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले त्यसको कार्यान्वयनका लागि निर्देशन जारी गरिएको विभागले प्रस्ट पारेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया