Nepal Life

साझा यातायात सहकारीको साधारण सभा फागुन ३० गते

NMB Bank
  • BFIS News
  • 2024 Feb 22 09:58
साझा यातायात सहकारीको साधारण सभा फागुन ३० गते
United Ajod

काठमाडौं । साझा यातायात सहकारी संस्था लिमिटेडको १६ औं साधारण सभा बोलाइएको छ। साधारण सभा आगामी फागुन ३० गते बुधबारका लागि राष्ट्रिय सहकारी विकास बोर्डको सभा कक्षमा बिहान ११ बजेका लागि बोलाइएको हो।

Shikhar
Nepal Life
NIMB

संस्थाको हाल कायम रहेका शेयर सदस्यले संस्थाबाट प्राप्त शेयरको प्रमाणपत्र वा संस्थाले जारी गरेको शेयर सदस्य परिचय पत्रका साथ उक्त साधारण सभामा भाग लिन सक्नेछन्।

साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन माथि छलफल र अनुमोदन गरिने, आ.व. २०७९/०८० को लेखापरिक्षण प्रतिवेदन माथि छलफल र अनुमोदन गरिने, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन माथि छलफल र अनुमोदन गरिने, आ.व. २०८०/२०८१ को लागि लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने, साधारण सभाको निर्णय पुस्तिकामा शेयर सदस्यहरुको तर्फबाट हस्ताक्षर गर्न प्रतिनिधि तोक्ने लगायतका प्रस्तावहरु हुनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया