Nepal Life

प्रभु बैंकको नयाँ शाखा प्यूठानको बिजुवारमा

NMB Bank
  • BFIS News
  • 2024 Aug 09 15:34
प्रभु बैंकको नयाँ शाखा प्यूठानको बिजुवारमा
United Ajod

काठमाडौं। प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा शुक्रबारदेखि प्यूठान नगरपालिका, वडा नं. ४ प्युठानस्थित बिजुवारमा ३१५ औं शाखा सञ्चालनमा ल्याएको छ।

Shikhar
Nepal Life
NIMB

जिल्ला समन्वय समिति प्रमुख धरमबहादुर जिसीले बैंकको नयाँ शाखाको उद्घाटन गरे।

प्रभु बैंकले व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरूमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ।

प्रभु बैंकको यो अभियानले देशभरीनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताइएको छ।

बैंकको बिजुवार शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरू, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छ।

 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया