Nepal Life

कुमारी बैंकको तीजलक्षित क्यास ब्याक योजना

NMB Bank
  • BFIS News
  • 2024 Sep 05 14:21
कुमारी बैंकको तीजलक्षित क्यास ब्याक योजना
United Ajod

काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी क्यास ब्याक योजना सञ्चालन गरेको छ ।

Shikhar
Nepal Life
NIMB

बैंकले विदेश बाट रेमिट्यान्स प्राप्त हुनेगरि खोलिएका महिला लाभ ग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भुक्तानी गर्दा तीजको शुभकामना स्वरुप भदौ २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहिलाई रु. १०० को क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यस योजनाबाट सेवाग्राहीहरुको विद्युतिय भुक्तानी प्रयोगमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ।  

कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आईरहेको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया