Nepal Life

एभरेष्ट बैंकको लाभांश घोषणा, किन दिदै छ वितरणयोग्य प्रतिशेयर आम्दानी भन्दा पनि कम लाभांश ?

NMB Bank
  • BFIS News
  • 2024 Sep 06 15:53
एभरेष्ट बैंकको लाभांश घोषणा, किन दिदै छ वितरणयोग्य प्रतिशेयर आम्दानी भन्दा पनि कम लाभांश ?
United Ajod

काठमाडौं । एभरेष्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र लाभांशमा लाग्ने कर प्रयोजन सहित ५.५३ प्रतिशत नगद सहित कुल १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । 

Shikhar
Nepal Life
NIMB

लगानीकर्ताले यस पटक बैंकले बम्पर लाभांश दिने अनुमान गरेका थिए । तर बैंकले गत वर्षको भन्दा पनि कम दियो । बैंकले गत वर्ष २०.५३ प्रतिशत लाभांश दिएको थियो । बैंकले यस अगाडी सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको लाभांश वितरण योग्य मुनाफाबाट प्रतिशेयर आम्दानी २९.८६ प्रतिशत थियो । 

बैंकले गएको वर्ष २०.५३ प्रतिशत लाभांश दिदा पनि वितरणयोग्य मुनाफाको प्रतिशेयर आम्दानी ३८.४२ रुपैयाँ थियो । खासमा बैंकले वितरणयोग्य मुनाफाको प्रतिशेयर आम्दानी घटेकै कारण लाभांश दर पनि घटाएको हो । 

भदौ २१ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात मात्रै शेयरधनीले यो लाभांश पाउने छन् । बैंकको लाभांश घोषणालाई हेर्दा अन्य बैंकहरुले पनि खासै आकर्षक लाभांश दिन सक्ने अनुमान गर्न सकिदैन । 

बैंकको हालको चुक्ता पूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार ८८० रहेको छ। १० प्रतिशत बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ पुग्नेछ। बैंकले हरेक वर्ष जगेडा कोषलाई बढाउदै आइरहेको छ । नगद लाभांश वितरण गर्दा पूँजीकोषमा असर पर्ने भए पछि बैंकले यस पटक नगद लाभांश घटाएको हो । पछिल्ला दिनहरुमा बैंकले क्रमिक रुपमा चुक्ता पूँजी बढाउदै आइरहेको छ । जसले मुनाफादेखि लिएर अन्य पक्षमा खासै ठुलो असर पुर्याएको छैन । 

बैंकले विगतका वर्षमा वितरण गरेको लाभांश 

हेर्नुहोस् कुन बैंकको लाभांश दिन सक्ने क्षमता कति ?

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया